१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १३ मंगलबार
  • Sunday, 23 June, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १३ मंगलबार १४:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बाजुरा र स्याङ्जा २ मा मतगणना गर्न कांग्रेसको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १३ मंगलबार १४:४२:oo

नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। मंगलबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा २ मा कांग्रेस उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेललगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गरेका हुन्।

त्यस्तै, कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेट गरी बाजुराको मतगणना सुरु गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन्। प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोगलाई तुरुन्त मतगणना कार्य सुरु गर्न आग्रह गरिएको बताए। उनले स्याङ्जा २ मा निर्वाचनको अवधिभर कुनै पनि घटना नघटेको जिकिर गर्दै छानबिन समिति गठन गर्नु गलत भएको बताए।

‘विधिवत् रूपमा मतदान सम्पन्न भयो भनेर सबै दल र त्यहाँका पदाधिकारीहरूले हस्ताक्षर गरेर, मुचुल्का गरेर पठाएको कुरालाई रोक्न आवश्यक थिएन। यसलाई रोकेर अर्को अनधिकृत कमिटी बनाएर पठाएर त्यसको नाममा फेरि अर्को केही खेल गर्न खोजेको हो कि भन्ने हामीलाई लाग्यो। छानबिन समिति पठाएको नै गलत भयो। ५ बजेभित्र घटेको घटनामा छानबिन गर्ने हो। त्यसभित्र केही घटना घटेको छैन र केही भएको छैन भनेपछि ल्याएर कहाँबाट कसले के उजुर गर्दैमा, बतासे उजुरले मत गणना रोक्नु हुँदैनथ्यो,’ उनले भने।

ad
ad
ad
ad