मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १३ मंगलबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेसनल लाइफको बिमा सचेतना कार्यक्रम

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार ०६:१०:००

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बिमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । कम्पनीले बझाङको जयपृथ्वी नगरपालिकामा रहेको जिल्ला अस्पतालको प्रांगणमा रक्तदान कार्यक्रमसहित बिमा सचेतना कार्यक्रम गरेको हो । 

कार्यक्रममा कम्पनीका अभिकर्ताहरू र स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको जनाइएको छ । सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै बझाङको चैनपुरमा रहेको सत्यवादी मावि र झोतामा रहेको भैरव माविका शिक्षक तथा विद्यार्थीलाई छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी बिमा सचेतना सम्बन्धमा जानकारी गराइएको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बिमाको महत्व र आवश्यकताका बारेमा प्रकाश पारेका थिए ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नेपाल बिमा बजारको अवस्था र सम्भावनाका साथै बिमा ऐन, २०७९ मा उल्लिखित आधारभूत विषयहरूको बारेमा सहभागीलाई जानकारी गराएका थिए । उक्त कार्यक्रममा करिब सयजना शिक्षकको एक लाख रुपैयाँको म्यादी जीवन बिमा गरी प्रमुख कार्यकारी अधिकृतले बिमालेख हस्तान्तरण गरेको उल्लेख छ । भैरव माविमा सम्पन्न गरिएको कार्यक्रममा मिर्गौलापीडित उजालाकुमारी दमाईंलाई संस्थागत सामाजिक दायित्वअन्तर्गत २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ ।