१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३६:oo

राजधानी काठमाडौंको निर्वाचन परिणामलाई कसरी हेर्नुभएको छ ?
स्थानीय निर्वाचनलगत्तै मैले एक लेखमा राजधानीबाट संघको निर्वाचनमा ३ देखि ५ सिट कांग्रेस, एमाले, माओवादीलगायत पुराना दलबाहेक अन्यले जित्छन् भनेर लेखेको थिएँ । यदि अहिलेको निर्वाचनमा कांग्रेस एक्लैले उम्मेदवारी दिएको भए राजधानीमा उसले ‘क्लिन स्विप’ गर्ने रहेछ । राजधानीका मतदाता वामपन्थीलाई भोट हाल्न अनिच्छुक देखिए । वामपन्थीहरूका लागि यो ०४८ पछिकै सबैभन्दा कमजोर नतिजा हो । अब उनीहरूलाई पुनरागमन गर्न निकै कठिन छ । 

यो नतिजामार्फत राजधानीका मतदाताले दलहरूलाई कस्तो सन्देश दिएका छन् ?
तिमीहरू अब ‘डेलिभरी’ मा ध्यान देऊ । सुशासन कायम गर । आफूले गरेका वाचा पूरा गर । जे बोल्छौ, त्यसमा प्रतिबद्ध बन । कम बोल र धेरै काम गरेर देखाऊ । यो निर्वाचनमार्फत राजधानीका मतदाताले दलहरूलाई दिएका प्रस्ट सन्देश यिनै हुन् ।

अहिलेको परिणाममा काठमाडौं महानगरको नतिजाको प्रभाव परेको त हैन ?
निश्चय नै हो । तर, जुन रूपमा पर्न सक्थ्यो या पर्नुपथ्र्यो, त्यो रूपमा भने परेन । मैले पहिले नै पाँच सिटसम्म अरूले जित्ने अनुमान गरेको थिएँ । तर, अहिले चार सिट मात्र पुग्यो । खासमा स्वतन्त्रहरू निकै छरिएर उठेको हुनाले यस्तो नतिजा आएको हो । उनीहरू मिलेर उठेको भए फरक परिणाम आउने थियो ।

ad
ad