Skip This
प्रधानमन्त्री दाबी गर्दै आएका सिंह र ओलीबीच भेटवार्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ११ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर ११ आइतबार १९:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री दाबी गर्दै आएका सिंह र ओलीबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ११ आइतबार १९:१४:oo

कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। सिंहको सचिवालयका अनुसार उनले आइतबार ओलीनिवास बालकोट पुगेर भेट गरेका हुन्। 

नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले एमाले अध्यक्ष ओलीसँगको भेटमा बधाई साटासाट र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए। 

उनीहरूबीच करिब एक घण्टा छलफल भएको थियो। ‘यसअघि पनि समय-समयमा भेट हुने गरेको हो। निर्वाचनपछि पहिलोपटक भेट भएको हो। भेटमा शुभकामना आदानप्रदान र समसामयिक राजनीतिक विषयमा छलफल भएको हो,’ लामिछानेले नयाँ पत्रिकासँग भने।

निर्वाचनको परिणाम अन्तिम अवस्थामा रहेको समयमा कांग्रेसबाट प्रधानमन्त्रीको दाबेदारका रूपमा आफूलाई अघि सारेका सिंहको अध्यक्ष ओलीसँगको भेटलाई अर्थपूर्ण मानिएको छ।