सप्तरी ४ ‍(ख) : जसपाका यादवलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

सप्तरी ४ (ख) मा उम्मेदवार अनिरुद्रकुमार सिंह निर्वाचित भएका छन्। सिंहले जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक यादवलाई २ हजार ६५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

सिंहले ९ हजार ९८५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अभिषेकले ७ हजार ९२० मत ल्याए।

विजयी भएका अनिरुद्र मनोनयनको अघिल्लो दिनसम्म जसपाकै केन्द्रिय सदस्य थिए। पार्टीले प्रदेशसभामा उनलाई टिकट नदिइ रेणु यादवका छोरासमेत रहेका निवर्तमान प्रदेशसभा सदस्य अभिषेक यादवलाई टिकट दिएको थियो। यादवले टिकट पाएपछि सिंह स्वतन्त्र उम्मेदवार बनेका थिए।

सुझावित समाचार