मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Saturday, 12 July, 2025
गणेश लम्साल विराटनगर
२o७९ मङ्सिर ९ शुक्रबार १४:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय दलको नेता बन्ने घोषणा गर्न हतार गर्दिनँ : शेखर कोइराला 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार १४:१८:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङ प्रतिनिधिसभा क्षेत्र नं ६ बाट निर्वाचित डा. शेखर कोइरालाले संसदीय दलको नेता बन्न आफूले हतार नगर्ने बताएका छन्।

निर्वाचित घोषणा भएपछि प्रमाणपत्र लिन विराटनगरस्थित  आर्दश माविमा रहेको निर्वाचन अधिकृतको कार्यालय आएका नेता कोइरालाले देशभरबाट परिणाम आउन बाँकी नै रहेकाले संसदीय दलको नेता बन्ने–नबन्ने भन्नेबारे बोल्न हतार नगर्ने स्पष्ट पारे।

कांग्रेस महामन्त्री गगन थापाले जितलगत्तै संसदीय दलको नेताका लागि पहल थाल्ने बताएको र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेकोबारे  कोइरालाले कसले कहाँ हतारमा के भन्छ भन्ने कुराको कुनै अर्थ नहुने प्रतिक्रिया दिए। ‘कसले कहाँ के भन्छ भन्ने कुराको अर्थ हुँदैन। म चाहिँ अहिले नै हतार गर्दिन। काठमाडौं पुगेर सभापतिलाई भेटछु अनि सबै साथीहरुसँग सरसल्लाह गरेर मात्रै निर्णय लिन्छु,’ पत्रकारहरुसँग उनले भने। 

निर्वाचनपछि पनि बाम–लोकतान्त्रिक गठबन्धन कायमै रहने र सरकार पनि बनाउने नेता कोइरालाको दाबी छ। दण्डहिनता कम गरेर नागरिकलाई सुशासन दिन नसक्दा दलहरुप्रति वितृष्णा बढेको उल्लेख गर्दै उनले दलहरु जिम्मेवार हुनुपर्ने बताए। उनले भने, ‘राजनैतिक दलहरुप्रति बितृष्णा बढ्नु राम्रो होइन। यसैले अब सुशासन दिन लागिपर्नु पर्छ।’