Skip This
सिराहा २ (क) : प्रदेश मन्त्रीविरुद्ध जनमत पार्टीका संजय विजयी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Tuesday, 16 September, 2025
समाचार डिजिटल संस्करण

सिराहा २ (क) : प्रदेश मन्त्रीविरुद्ध जनमत पार्टीका संजय विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार ११:५५:oo

सिरहा क्षेत्र नम्बर २(क)मा जनमत पार्टीका केन्द्रीय सचिव संजयकुमार यादव विजयी भएका छन्। उनले मधेश प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवलाई ६४४ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचित यादवले १२ हजार १७१ मत ल्याउँदा कृषिमन्त्री विजयकुमारले ११ हजार ५२७ मत ल्याएका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका जीवनकुमार यादवले १० हजार ६५६ मत ल्याए।

प्रदेश सभा सदस्यमा निर्वाचित संजय गत स्थानीय तह निर्वाचनमा पालिका प्रमुखमा पराजित भएका थिए। सिरहामा जनमत पार्टीले २ क्षेत्रमा जित प्राप्त गरेको छ। यसअघि क्षेत्र नम्बर ४ (क)मा जनमत पार्टीका त्रिभुवन साह विजयी भएका छन्।