मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
नयाँ पत्रिका मकवानपुर
२०७९ मङ्सिर ८ बिहीबार १३:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुर १ : राप्रपाका दिपक सिंह विजयी, कमल थापा तेस्रो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
२०७९ मङ्सिर ८ बिहीबार १३:३८:००

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई दुई हजार ३८२ मतान्तरले पछि पार्दै सिंहले जित निकालेका हुन्।

राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका सिंहले कुल खसेको ९१ हजार ४८६ मतमध्ये २७ हजार ८१६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सहमहामन्त्री डीनाले २५ हजार ४३४ मत प्राप्त गरिन्।

यसैगरी, नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा तेस्रो भएका छन्। उनले २५ हजार ४२० मत ल्याए।