मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Friday, 11 July, 2025
२o७९ मङ्सिर ८ बिहीबार o१:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ प्रदेश सभा २ मा कांग्रेसका पौडेल निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार o१:२५:oo

प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यमा दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा निर्वाचनको मतपरिणाम आउन थालेको छ । लमजुङको प्रदेश  सभा ‘२’ मा कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् ।

सात सय ५४ मतान्तरले एमालेका कृष्णप्रसाद अधिकारीलाई हराउँदै पौडेल निर्वाचित भएका हुन् । पौडेलले १९ हजार ५५७ मत पाएका छन् । एमालेका अधिकारीले १८ हजार ८०३ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।

पौडेल कांग्रेस निवर्तमान सभापति हुन् भने अधिकारी एमालेका जिल्ला अध्यक्ष हुन् । 

प्रदेश सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङले एक हजार नौ सय ५७, मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङले तीन सय १४, जनता समाजवादी पार्टीका युवराज दुराले दुई सय ४१ मत र कांग्रेस (बिपी) का नवराज बसौलाले एक सय ४५ मत पाए ।