लमजुङ प्रदेश सभा २ मा कांग्रेसका पौडेल निर्वाचित

बिहिबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यमा दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा निर्वाचनको मतपरिणाम आउन थालेको छ । लमजुङको प्रदेश  सभा ‘२’ मा कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् ।

सात सय ५४ मतान्तरले एमालेका कृष्णप्रसाद अधिकारीलाई हराउँदै पौडेल निर्वाचित भएका हुन् । पौडेलले १९ हजार ५५७ मत पाएका छन् । एमालेका अधिकारीले १८ हजार ८०३ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।

पौडेल कांग्रेस निवर्तमान सभापति हुन् भने अधिकारी एमालेका जिल्ला अध्यक्ष हुन् । 

प्रदेश सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङले एक हजार नौ सय ५७, मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङले तीन सय १४, जनता समाजवादी पार्टीका युवराज दुराले दुई सय ४१ मत र कांग्रेस (बिपी) का नवराज बसौलाले एक सय ४५ मत पाए । 

सुझावित समाचार