१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार ००:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ज्ञानेन्द्र शाहीको जित सुनिश्चित

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ००:१९:००

राप्रपा प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । 

४० हजार ७४३ मतगणना गर्दा उनले २० हजार ४३५ मत प्राप्त गरेका छन् । गणना गर्न बाँँकी मतभन्दा बढी मतान्तर ल्याएसँगै शाहीको जित सुनिश्चित भएको हो । 

उनी निकटतम प्रतिस्पर्धी माओवादीकी गोमा कुँवरभन्दा नौ हजार ४९२ मतले अगाडि छन् । 
कुँवरले १० हजार ९४४ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेका एमालेका रतननाथ योगीले पाँच हजार ७८० मत प्राप्त गरेका छन् । नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ८५० मत प्राप्त गरेका छन् । 

दुई हजार २५५ मत बदर भएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । यहाँ ४५ हजार ६५ मत खसेकोमा अब चार हजार ३२२ मत मात्रै गणना गर्न बाँकी छ ।