१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Sunday, 11 May, 2025
२o७९ मङ्सिर ७ बुधबार २o:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा ज्ञानेन्द्र शाहीको जित सुनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार २o:३५:oo

जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सुरुवाती अग्रता कायम राख्दै गएको छन्। 

३६ हजार ३१ मतगणना गर्दा उनले १८ हजार २५ मत प्राप्त गरेका छन्। ८ हजार ३५६ मतले शाही अगाडि हुदा विजयी सुनिश्चित देखिएको हो।

यस्तै, गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले ९ हजार ६६९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका रतननाथ योगीले ५ हजार १४७ मत प्राप्त गरेका छन्। 

नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ८०३ मत प्राप्त गरेका छन्। माओवादीका डाक्टर कलबहादुर रोकाया प्रतिनिधि सभाको स्वतन्त्र उम्मेद्वार बनेका थिए। 

उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाए पनि ४११ मत प्राप्त गरेका छन्। एक हजार ९७८ मत बदर भएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ। ४५ हजार ६५ मत खसेको थियो। अब ९ हजार ३४ मत मात्रै गणना गर्न बाँकी रहेको छ।