मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Tuesday, 15 July, 2025
२o७९ मङ्सिर ७ बुधबार १३:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रवि लामिछानेलाई ८ हजार मतको अग्रता, समर्थकहरु खुसीयाली मनाउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार १३:४६:oo

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर बढाउँदै लगेकाे छ। ३७ हजार २२१ मत गन्दा रवि लामिछाने ८ हजार ६८७ मतान्तर बनाएका छन्। लामिछानेले १७ हजार ५२९ मत ल्याउँदा एमालेका  कृष्णभक्त पोखरेलले ८ हजार ८४२ र कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ६८१ मत ल्याएका छन्।

लामिछानेको अग्रतासंगै अहिले उनका समर्थकहरु मत गणना स्थल नजिकै नाचगानसहित खुशीयाली मनाउँदै छन्। कालिका नगरपालिका  र इच्छाकामना गाउँपालिकाको मत गणना सकिएर अहिले भरतपुरका वडाहरुको मत गणना हुँदैछ।

बजार क्षेत्र आएपछि रविले मतान्तर बढाउँदै लगेका छन्। चितवन क्षेत्र नम्बर १ मा पनि घण्टी चुनाव चिह्नका हरि ढकाल अगाडि छन्।