प्रारम्भिक मतपरिणाम अनुसार एमालेका प्रभावशाली तथा मुख्यमन्त्रीसमेत रहेका दुई नेता सकसमा छन् । भोजपुर १ बाट चुनाव लडेका प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई माओवादीका सुदन किरातीभन्दा एक हजार सात सयभन्दा बढी मतले पछि परेका छन् । किरातीले सात हजार ५७२ मत ल्याउँदा राईले बल्ल पाँच हजार ८०५ मत ल्याएका छन् ।
त्यस्तै, दाङ २ मा लुम्बिनीका पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई माओवादीकी रेखा शर्माले चुनौती दिएकी छिन् । शर्माभन्दा करिब एक हजार सात सय मतले पोखरेल पछि छन् । शर्माले १४ हजार एक सय ८ मत ल्याएकी छिन् भने पोखरेलले १२ हजार चा सय २९ मत प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ६ हजार नौ सय २७ मत ल्याएका छन् ।