१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रमेश रावल सुर्खेत
२०७९ मङ्सिर ६ मंगलबार १५:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादीको 'किल्ला' कालिकोटमा एमालेकाे सुरुवाती अग्रता 

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७९ मङ्सिर ६ मंगलबार १५:२०:००

माओवादीको किल्लाका रुपमा रहेको कालिकोटमा प्रतिनिधि सभासभा एमाले सुरुवाती अग्रता कायम गरेको छ। मंगलबार अपराह्नबाट भएको मतगणनामा एमालेले सुरुवाती अग्रता लिएको हो।
 
प्रतिनीधिसभाका २७१ गणना गर्दा नेकपा (एमाले)का उम्मेदवार नगेन्द्र शाही (नेशनल)ले एक सय १८ मत पाउनु भएको छ भने उहाँका निकटम प्रतिद्धन्द्धी माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले एक सय १५ मत ल्याउनु भएको छ। 

राप्रपाका धनबहादुर बुढा ९, नेमकिपाका खड्गराज शाही १३, विपी कांग्रेसका पंखबहादुर विष्ट शुन्य, स्वतन्त्र उम्मेदवार रहनु भएका काशीचन्द्र बरालले ९ मत र स्वतन्त्र उम्मेदवार रहनु भएका धनप्रसाद पाण्डेले शुन्य प्राप्त गरेको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ। सात वटा मत बदर भएको कार्यालयको भनाई रहेको छ। 

कालिकोटमा स्थानीय तहको निर्वाचनमा नौ वटा स्थानीय तहका ८२ वडामध्ये ५० वडामा माओवादी केन्द्र विजयी भएको थियो।