१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

फुर्सदमा हाइकिङ गर्छु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४४:oo

म खानेकुरामा एकदमै सजग छु । शाकाहारी खानेकुरा मात्रै खान्छु । अत्यधिक पिरो र अमिलोे खानेकुरा सकेसम्म खान्नँ । झन् चिल्लो पदार्थ त खानामा समावेश गर्दिनँ । शाकाहारी खानेकुरा सबै हेल्दी नै हुन्छन् । मलाई घरमा पकाएको साधारण खाना खान मन पर्छ । सकेसम्म बिहान र बेलुका दुवै समय म घरमै खाना खाने गर्छु । खाना कुन कतिवेला खाने भन्ने यकिन हुँदैन । म त्यस्तो ‘फुडी’ पनि छैन । सामान्यतया मलाई मन पर्ने खाना दाल–भात–तरकारी नै हो । 

देश–विदेशका कार्यक्रममा जाँदा पनि खानेकुरामा सजग रहन्छु । म पर्याप्त पानी पिउने गर्छु । जसले शरीरमा ऊर्जा दिनुका साथै निरोगी बनाउन सहयोग गरेको छ । यसले पनि फिट रहन सहयोग गरेको छ । अर्काे फलफूल र जुस पनि खाने गर्छु । 

धेरैजसो समय काममा व्यस्त हुने भएकाले जिम सेन्टरमा गएर एक्सरसाइजका लागि खासै समय हुँदैन । घरमै गर्न मिल्ने एक्सरसाइजहरू गर्छु । फिट रहन धेरै समय व्यायाममा खर्चनुपर्छ भन्ने मलाई लाग्दैन । घरमा गरिने एक्सरसाइज गर्छु । हप्ताको दुई–तीन दिन समय मिलाएर हाइकिङ जाने गरेको छु । यसले शारीरिक रूपमा फिट रहन मद्दत गरेको छ । अर्काे, फुर्सद हुँदा साइक्लिङ पनि गरिरहेको हुन्छु । जसले शरीरलाई सन्तुलनमा राख्न सहयोग पुर्‍याएको छ । स्वास्थ्यका दृष्टिकोणले समेत थोरै भए पनि नियमित एक्रसाइज गर्न एकदमै आवश्यक छ ।

ad
ad