डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले फराकिलो अग्रता कायम गरेका छन् । १० हजार तीन सय ७८ मत गणना हुँदा देउवाले पाँच हजार तीन सय ८९ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार चार सय ४१ मतसहित देउवालाई पछ्याइरहेका छन् । नेपाली कांग्रेस (विपी) का उम्मेदवार कर्णबहादुर मल्ल एक हजार पाँच सय ७१ मतसहित तेस्रो स्थनमा छन् ।
सोहि जिल्लामा ६ सय ५६ मत बदर भएको छ ।