१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर ५ सोमबार ०७:५५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चेस खेलिरहेको मेसी र रोनाल्डोको फोटो भाइरल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर ५ सोमबार ०७:५५:००

कतार विश्वकपको आइतबार उद्घाटनअघि प्रतियोगिताकै स्टार खेलाडीद्वय लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो चेस खेलिरहेको फोटो विभिन्न अन्तर्राष्ट्रिय मिडियामा सार्वजनिक भयो । मेसी र रोनाल्डो चेस खेलिरहेको फोटो केही घन्टाभित्र नै भाइरल बन्यो । मेसी र रोनाल्डो सँगै बसेको फोटो अक्सर दुलर्भ नै मानिन्छ । यस्तोमा दुवै विश्वकपको पूर्वसन्ध्यामा चेस बोर्डमा प्रतिद्वन्द्वीका रूपमा देखिँदा धेरैले आश्चर्य मानेका छन् । 

वास्तवमा रोनाल्डो र मेसीले विश्व प्रसिद्ध लुई भुटोको विज्ञापनका लागि त्यो फोटो खिचाएका थिए । विश्व प्रसिद्ध फोटोग्राफर एनी लेबोभिट्जले यो फोटो खिचेका थिए । उनले चेस बोर्डको एक छेउमा रोनाल्डो र अर्कोतिर मेसीलाई राखी फोटो खिचेका होइनन् । फोटोग्राफर एनीले दुई फरक फोटोसुट गरी प्रविधिका माध्यमबाट रोनाल्डो र मेसीलाई चेस खेलिरहेको देखाएका छन् । 

चेस बोर्डमा दुवै खेलाडीलाई गोटी चाल्न निकै गम्भीर देखाइएको छ । यद्यपि, रोनाल्डो र मेसीले चेस खेलिरहेको चेस बोर्ड सक्कली होइन । दुवै खेलाडी ब्रिफकेसमा चेस खेलिरहेका छन् । यो ब्रिफकेस सन् २०१८ मा विश्वकप ट्रफी सार्वजनिक गर्न प्रयोग गरिएको थियो । रोनाल्डो र मेसीले लुई भुटोको ब्रिफकेसमाथि चेस खेलेको फोटो कतार विश्वकप उपाधि भिडन्त पोर्चुगल र अर्जेन्टिनाबीच हुने पक्षसँग जोडिएर विश्लेषण गरिएको छ । 

पोर्चुगल र अर्जेन्टिना कुनै पनि खेल नहार्दा फाइनलमा प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिनी कप्तान मेसी र पोर्चुगलका कप्तान रोनाल्डोले कतार विश्वकपलाई अन्तिम हुन सक्ने बताइसकेका छन् । विश्वकपमा यी दुई खेलाडीमाथि नै समर्थक केन्द्रित भएका छन् ।