मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
२०७९ मङ्सिर ४ आइतबार १९:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाका ५ स्थानमा पुनः मतदानको माग गर्दै एमाले उम्मेदवारले गरे उजुरी दर्ता

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ४ आइतबार १९:०५:००

दोलखाका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै एमालेका उम्मेदवारले उजुरी दर्ता गराएका छन्। पाँच केन्द्रमा पुनः मतदानको माग गर्दै एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

जिल्लाका १० स्थानमा सत्तागठबन्धनले बुथ क्याप्चर गरेको एमालेको आरोप छ। तीमध्ये पाँच ठाउँमा पुनः मतदान गर्न माग गर्दै उजुरी दिएको एमाले कार्यवाहक जिल्ला अध्यक्ष राजेन्द्र मानन्धरले बताएका छन्।