सर्लाहीको गोडैता स्थानीय दुई समुहबीच झडप हुँदा एकजनाको ज्यान गएको छ। भने आधा दर्जन घाइते भएका छन्। शनिबार राति गोडैटा नगरपालिका–६ स्थित गाउँमा स्थानीय दुई समुहबीच झडप भएको हो।
झडपको क्रममा ढुंगाले लागेर सोही ठाउँका ६५ वर्षका राम केवल रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ। झडपका क्रममा टाउँकोमा ढुंगा लागेर गम्भीर घाइते भएका रायको तत्काल उपचारको लागि जनकपुर लगिएकाे थियो।
उनको उपचारको क्रममा आइतबार बिहान ज्यान गएको प्रहरीले जनाएको हो। घटनामा दुवै तर्फबाट ढुंगामुडा भएको स्थानीयको भनाइ छ।
सोही क्रममा ढुंगा लागेर दबै समुहका गरी आधा दर्जन स्थानीय घाइते भएका छन्। उनीहरुको जिल्लाको प्रदेशिक अस्पताल मलंगवा तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए।
उनीहरुबीच राति एक्कासी पुरानो रिसिइवीका कारण विवाद भएको र सोही विवाद उग्र बन्दै गएपछि झडपको स्थिति सृजना भइको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले गएरातीनै ढुंगामुडामा सम्लग्नलाई पक्राउ गरेको जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी विजय श्रेष्ठले बताए। प्रहरीका अनुसार घटनास्थल अहिले सामान्य छ। ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।