मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर ३ शनिबार
  • Friday, 14 August, 2026
२o७९ मङ्सिर ३ शनिबार १२:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहाको मिर्चैयाबाट दुई थान भरुवा बन्दुक बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ३ शनिबार १२:o२:oo

सिराहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमलदह नजिकै घुर्मी खोला किनारबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीका अनुसार हातहतियार बोकेर केही व्यक्ति घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा सादा पोसाकको प्रहरी टोलीले मिर्चैया– ९ बाट शुक्रबार दिउँसो दुई थान भरुवा बन्दुक बरामद गरेको हो।

‘सूचना पाएलगत्तै सादा पोसाकका प्रहरी परिचालन गरी कमलदह क्षेत्रमा पुग्दा बन्दुक बोकेका दुईजना व्यक्तिहरु जंगल क्षेत्रमा भागे,’ प्रहरी नायव उपरीक्षक बुढाथोकीले भने। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले केही समय पिछा गरेपनि बन्दुक बोक्नेहरु फेला नपरेपछि खोला किनारमा फालिएको बन्दुक मिर्चैया प्रहरीमा ल्याएर थप अनुसन्धान गरिरहेको उनले बताए।

४ मंसिरमा हुने निर्वाचनका लागि सुरक्षाकर्मीहरु खटिएको मौका पारी भरुवा बन्दुकले शिकार गर्ने उद्देश्यले दुई व्यक्तिहरु निस्किएको हुनसक्ने आशंका गरिएको छ।