१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १९:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुनसरीमा ५९ मतदान स्थल ‘अति संवेदनशील’

पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, मोबाइल प्रहरी र बम डिस्पोजल टोली खटिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १९:१७:oo

सुनसरीमा रहेका एक सय ६६ वटा मतदान स्थलमध्ये सुरक्षा संवेदनशिलताको आधारमा ५९ वटा मतदान स्थल अति संवेदनशील मानिएकाे छ।  

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लाका ५९ मतदान स्थललाई अति संवेदनशीलको रुपमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

उनका अनुसार जिल्लाका मतदान स्थलहरुलाई सुरक्षा संवेदनशीलताका आधारमा तीन प्रकारमा वर्गीकरण गरिएको छ। सामान्य मतदान स्थल ४२, संवेदनशिल ६५ र अति संवेदनशिलमा ५९ वटा स्थललाई वर्गीकरण गरिएको यादवले जानकारी दिए। 

‘अघिल्लो निर्वाचनको अवस्था तथा घटनाक्रम, त्यस ठाउँको वस्तुस्थिती, सडकपहुँचलगायतका विषयलाई आधार बनाएर वर्गीकरण गरिएको हो,’ प्रजिअ यादवले भने, ‘यस आधारमा जिल्लाका ५९ मतदान स्थल अति संवेदनशील छन्।’ 

कर्मचारी र कैदीबन्दीका लागि छुट्टै अस्थायी केन्द्र

जिल्लामा एक सय ६६ मतदान स्थल छन् भने पाँच सय ९१ म्तदान केन्द्र केन्द्र छन् । त्यसबाहेक थप दुई वटा अस्थायी मतदान रहने यादवले बताए । उनका अनुसार जिल्ला अदालत कार्यालय इनरुवामा एउटा र झुम्का कारागारमा एउटा गरी दुई वटा अस्थायी मतदान केन्द्र हुनेछ। इनरुवामा रहने अस्थायी मतदान केन्द्रमा कर्मचारीहरुले र झुम्का कारागारमा रहने केन्द्रमा कैदीबन्दीहरुले मतदान गर्न पाउनेछन्। 

पाँच हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन

जिल्लामा म्यादी प्रहरी र नेपाली सेनासहित पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी परिचालन गरिएको छ । एक हजार पाँच सय ८१ जना नेपाल प्रहरी, दुई हजार चार सय ९५ जना म्यादी प्रहरी, सात सय ३९ जना सशस्त्र प्रहरी, चार सय ४० जना नेपाली सेना र राष्ट्रिय अनुसन्धानबाट १९ जना परिचालन गरिएको यादवले बताए।

‘हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन तहको सुरक्षा व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘आवश्यकता अनुसार मोबाइल प्रहरी, बम डिस्पोजललगायतका टोली समेत परिचालित हुनेछ।’ सादा पोसाकमा समेत सुरक्षाकर्मी खटिने उनले जानकारी दिए। 

निर्वाचनलाई भयरहित, धाँधलीरहित सम्पन्न गराउन आज दिउँसो मतदान केन्द्रहरुको सर्वदलीय बैठक समेत बसेको समेत उनले जानकारी दिए । उनको अनुसार हिजो बाटै छिमेकी सीमा नामाहरु सील गरिएको छ ।

करिब पाँच हजार कर्मचारी 

सबै मतदान केन्द्रहरुमा गरी कुल चार हजार सात सय २८ कर्मचारी खटिएको प्रजिअ यादवले बताए । उनका अनुसार प्रत्येक मतदान केन्द्रमा ८ जनाका दरले कर्मचारी खटिएका छन् । त्यस सँगै ४-४ जनाका दरले तीन दिनका लागि स्वयम्सेवक  पनि खटाइएको छ । अस्थायी मतदान केन्द्रमा भने ३-३ जनाको दरले कर्मचारी खटिएको उनले बताए।
 

ad
ad