मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २ शुक्रबार ०८:०३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

निर्वाचनमा ३४ हजार ८३८ सशस्त्र प्रहरी परिचालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २ शुक्रबार ०८:०३:००

निर्वाचनमा ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी खटिएका छन् । निर्वाचनमा जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा विशेष जिम्मेवारी छ । यसबाहेक सीमा सुरक्षा पनि सशस्त्रकै जिम्मेवारीमा छ ।

बिहीबार रातिदेखि भारतसँगका सबै नाका बन्द भएकाले नाकामा निगरानीको जिम्मेवारी सशस्त्र प्रहरीको काँधमा छ । यो जिम्मेवारीका लागि सबै नाकामा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)बाट परिचालन भएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बताए ।

निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीले रिजर्भ फोर्स र क्युआरटी पनि खटाउने योजना बनाएको छ । ‘निर्वाचनलाई शान्तिपूवर्क सम्पन्न गराउन सशस्त्र प्रहरी योजनाबद्ध रूपमा परिचालित छ,’ प्रवक्ता थापा भन्छन्, ‘सीमा सुरक्षादेखि मतपेटिका सुरक्षासम्मको जिम्मेवारीमा हामी खटिएका छौँ ।’