१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
Invalid date format o६:५७:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:५७:oo

महिलाको प्रत्यक्षतर्फको उम्मेदवारीमा दलहरू किन अनुदार देखिएका होलान् ?
हामीले संघर्षबाट जारी गरेको संविधानमा महिला प्र्रतिनिधित्वको प्रतिशत र प्रणाली स्थापित गर्‍यौँ । यस्तो प्रणाली कार्यान्वयन गराउन नेतृत्व नयाँ हुनुपर्छ । तर, हामीकहाँ प्रणाली नयाँ भए पनि नेतृत्व भने पाँच दशकभन्दा पुरानो छ । त्यसैले, महिलालाई प्रत्यक्षतर्फको उम्मेदवारी दिने मामिलामा उनीहरू अनुदार देखिएका हुन् ।

योग्य र सक्षम महिला नभएर त यस्तो  भएको होइन नि ? 
अहिले महिलाले हरेक क्षेत्रमा आफ्नो अब्बल क्षमता प्रमाणित गर्दै आएका छन् । अघिल्लो स्थानीय तहमा प्रमुख पदमा निर्वाचित अधिकांश महिलाले आफ्नो क्षमता प्रदर्शन गरेका छन् । उनीहरूमध्ये धेरैजसो त राम्रो काम गरेको भनेर पुरस्कृत नै भएका छन्् । के तिनैलाई अहिले संसदीय निर्वाचनमा मौका दिन सकिन्नथ्यो र ? अनि, विगतमा समानुपातिकमा बसेर आफ्नो क्षमता देखाइसकेका महिलालाई पनि त अहिले प्रत्यक्षमा पठाउन सकिन्थ्यो । हामीकहाँ निर्वाचन लड्न सक्षम महिलाको कुनै कमी छैन ।

यो स्थितिमा सुधार ल्याउन  के गर्नुपर्ला त ?
हामीले देशको मियोरूपी संविधान गतिलो बनाएका छौँ । तर, मियोको वरिपरि बाँधिने दाम्लो अर्थात् कानुन बलियो बनेको छैन । कानुनरूपी दाम्लोमा दल र तिनका नेतृत्वलाई बाँध्नुपर्छ । मिडियाले आफ्नो खबरदारीलाई निरन्तरता दिनुपर्छ । निर्वाचन आयोग पनि प्रचलित कानुन कार्यान्वयनमा बलियो हुनुपर्छ । दलीय नेतृत्वले कानुनी छिद्रमा बसेर खेल्न पाउनु हुँदैन ।