मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक ३० बुधबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ३० बुधबार १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विशेषले उल्टाएका थप नौ मुद्दा लिएर पुनरावेदनका लागि सर्वोच्च पुग्यो अख्तियार  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ३० बुधबार १४:११:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट उल्टिएका घुस रिसवतका थप नौ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। हालैको निर्णयअनुसार अख्तियारले मंगलबार ती मुद्दा सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो।

योसहित साउनयता मात्रै अख्तियारले एक सय ३५ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ । अघिल्लो साता मात्रै एक सय १२ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको जानकारी गराएको थियो । त्यसअघि १० मुद्दा पनि पुनरावेदन गरेको थियो। 

अघिल्लो साता अख्तियारले पत्रकार सम्मेलन नै गरेर प्रमाण पुगेका धेरै मुद्दा उल्टिएको भन्दै अप्रत्यक्ष रूपमा विशेष अदालतप्रति असन्तुष्टि प्रकट गरेको थियो। 

अख्तियारको सार्वजनिक असन्तुष्टिपछि नेपाल बार एसोसिएसनले अख्तियारले क्षेत्राधिकार नाघेर अदालतमाथि हस्तक्षेप गर्न खोजेको भन्दै विज्ञप्ति नै जारी गरेको थियो । लगत्तै अख्तियारले अर्को विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको थियो। एक साताप्रति फेरि अख्तियारले थप नौ मुद्दा पुनरावेदन गरेको हो।