Skip This
इलेक्ट्रोनिक म्युजिकमा पुरानो सारंगी बजाउँछु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३० बुधबार
  • Saturday, 27 July, 2024
किरण नेपाली, सारंगीवादक
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक ३० बुधबार o९:३७:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

इलेक्ट्रोनिक म्युजिकमा पुरानो सारंगी बजाउँछु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक ३० बुधबार o९:३७:oo

अहिले मैले पुरानो सारंगीलाई इलेक्ट्रोनिक म्युजिकमा राखेर बजाइरहेको छु । अहिले क्लबमा, डिजे पार्टी र कन्सर्टहरूमा हाई पिचदेखि लो पिचसम्म लोकबाजा बजाइरहेका छौँ । क्लबमा पनि मानिसहरूलाई सारंगी बजाएर नचाउँदै छौँ । सारंगीबाटै फरक–फरक साउन्ड निकाल्न सकिन्छ । बाँसुरी र मादलको पनि त्यस्तै आउँछ, हामीले प्रविधिअनुसार चल्नुपर्छ । 

मौलिक बाजाको आफ्नै महत्व हुँदाहुँदै यसमा अलिकति नयाँपन थप्न जरुरी देखेको छु । यसो गर्दा हाम्रा मौलिक बाजालाई पनि अन्तर्राष्ट्रिय फोरमसम्म लैजान सहज हुन्छ । नेपाली बाजा चाडपर्व, लोकदोहोरी र विरहका गीतमा मात्र बज्छ भन्ने मान्यतालाई अब परिवर्तन गर्नुपर्छ । सारंगीलाई पनि हाई भोलुममा ठूला कन्सर्टमा बजाउन सकिन्छ भनेर देखाउनुपर्छ ।