खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, आक्रमण गर्ने व्यक्ति पक्राउ

सोमबार, ९ कार्तिक, २०८३
डिजिटल संस्करण

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ३, आहालेमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन्। आफ्नै ससुरालीमा पुगेर ४३ वर्षीय नइन्द्रकुमार राईले धारिलो हतियार प्रहार गर्दा उनकी श्रीमतीसहित चारजना घाइते भएका हुन्।

घटनामा हलेसी तुवाचुङ नगरपालिका– ३ निवासी ४० वर्षीया अञ्जना राईको टाउकोको पछाडिको भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ।

त्यस्तै, ६२ वर्षीया स्यामाउन राईको टाउको तथा दाहिने हातमा चोट लागेको छ भने उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ। २५ वर्षीया तेनिना राईको टाउकोमा चोट लागेको छ र उनको अवस्था गम्भीर रहेको छ। नरेन्द्र राईको दाहिने हातमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ।

घाइते चारैजनालाई उपचारका लागि दुर्छिमस्थित नगर अस्पताल लगिएको छ। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।

धारिलो हतियार प्रहार गर्ने नइन्द्रकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार