एनपिएललाई सुरक्षित र मर्यादित बनाउन प्रहरीको अनुरोध

सोमबार, ९ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल प्रिमियर लिग (एनपिएल)लाई सुरक्षित, मर्यादित र सुव्यवस्थित बनाउन दर्शकलाई आग्रह गरेको छ। आज सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको तेस्रो संस्करणको एनपिएललाई लक्षित गरेर प्रहरीले सातबुँदे अपिल गरेको हो।

प्रहरीले गैरकानुनी बेटिङ (सट्टेबाजी) नगर्न, निषेधित सामग्री रंगशालाभित्र नलैजान, ट्राफिक नियम पालना गर्न र सुरक्षा जाँचमा सहयोग पुर्याउन आग्रह गरेको छ।

यसैगरी दर्शकहरूलाई पाकेटमारी तथा चोरीबाट सतर्क रहन, जात, धर्म, लिंग, वर्ण, भूगोल, संस्कृति, परम्परालगायत सबै किसिमका सामाजिक विविधताको सम्मान गर्न र टिकट सकिइसकेको अवस्थामा रंगशाला वरपर अनावश्यक भिड नगर्न अपिल गरिएको छ।

सुझावित समाचार