मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १५ बिहीबार १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिंहदरबार वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १७:१७:oo

सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन, कच्चा पदार्थका लागि आवश्यक जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपभोगका सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बिहीबार सिंहदरबारमा भएको अन्तर्क्रियापछि समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोली सम्मिलित कार्यदल गठनको निर्णय भएको हो।

सल्लाहकार डा. अग्रवालले समितिको विकासका लागि तत्काल कार्यदल बनाई तीन महिनाभित्र समितिको विकासको खाका तयार गरी काम अगाडि बढाउनुपर्नेमा जोड दिए। डा. अग्रवालले तत्कालका लागि मुलुकमा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गरी वैद्यखानाबाट उत्पादन हुने औषधिको संख्या बढाउने र आगामी दिनमा विदेश निर्यात गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले औषधिको कच्चा पदार्थका रुपमा रहेको जडीबुटी संकलनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायबिच समन्वय आवश्यक रहेको बताए। ‘औषधिजन्य वनस्पतीको खेतीदेखि संकलन र उपभोगसम्म स्पष्ट कानुन निर्माणमा ढिलाइ गर्नुहुँदैन,’ उनले भने।

↑