मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नियम उल्लंघन गर्ने एक सवारी साधनलाई बिहीबार कारबाही गर्दै ट्राफिक प्रहरी
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १५ बिहीबार १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार

नागढुंगा सुरुङमार्गमा ट्राफिक नियम मिच्ने १३ चालक कारबाहीमा 

पटक–पटक नियम मिचे सुरुङमार्गमा प्रवेश नै निषेध गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १८:४४:oo

नागढुंगा सुरुङमार्गमा ट्राफिक नियम मिच्ने १३ जना एकैदिन कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार १३ चालकलाई कारबाही गरेको हो। 

लेन अनुशासन नमान्ने, तीव्र गतिमा चलाउने तथा ओभरटेक गर्ने चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।

ट्राफिक प्रहरीले भनेको छ,‘सुरुङमार्गमा ओभरटेक, तीव्र गतिजस्ता अन्य ट्राफिक नियमविपरीत सवारी चलाउँदा आगलागी हुनेलगायतका जोखिम बढ्ने भएकाले तत्कालै उद्धार कार्यका लागिसमेत असहज हुने भएकाले सुरुङमार्ग प्रयोग गर्दा बढी संवेदनशील भई ट्राफिक नियम पालना गरी सवारीसाधन चलाउनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय सम्पूर्ण सवारीचालकहरूलाई अनुरोध गर्दछ। सुरुङमार्गमा संवेदनशील मार्ग हो, यदि कोही कसैले पटक–पटक लेन अनुशासन, तीव्र गतिजस्ता ट्राफिक नियम उल्लघंन गरी सवारी चलाएको पाइएमा सो सवारीसाधन र सवारीचालकलाई आगामी दिनमा सुरुङमार्गमा प्रवेश निषेधसमेत हुनेछ।’ 
 

↑