हिमालय स्पोर्टस्ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको आफ्नो प्रसारणका आधिकारिक प्रायोजक तथा साझेदारहरू सार्वजनिक गरेको छ।
बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा रेडबुललाई हिमालय स्पोर्टस्को एनपिएल तेस्रो संस्करण प्रसारणको टाइटल स्पोन्सरका रूपमा औपचारिक रूपमा घोषणा गरिएको छ। सो अवसरमा प्रतियोगिताभर प्रसारण हुने हिमालय स्पोर्टस्को प्रि–म्याच तथा पोस्ट म्याच स्टुडियो प्रोग्राम ‘रेड बुल क्रिकेट लाइभ’समेत सार्वजनिक गरियो।
कार्यक्रममा एनपिएल तेस्रो संस्करणको हिमालय स्पोर्टस् प्रसारणका अन्य साझेदारहरू पनि सार्वजनिक गरिएको छ। बजाज पल्सर ‘इन एसोसियसन विथ’ पार्टनरका रूपमा छ भने प्रोस्टाइल र नेपाल लाइफ इन्स्योरेन्स ‘पावर्ड बाई’ तथा प्रोटोन ‘ड्रिबन बाई पार्टनर’ रहेको छ। एसियन पेन्ट्स, सोयुम नुडल्स र हिमस्टार ‘को–स्पोन्सर’का रूपमा प्रसारणसँग जोडिएका छन्।
समारोहमा एनपिएल तेस्रो संस्करणका लागि हिमालय स्पोर्टस्को अफिसियल कि भिजुअल तथा सम्पूर्ण स्पोन्सर लाइनअपसमेत सार्वजनिक गरिएको थियो।