मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
२o८३ असोज १५ बिहीबार १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस मकवानपुरका दुवै संघीय क्षेत्रमा नयाँ नेतृत्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १७:o६:oo

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा नयाँ नेतृत्व चयन भएको छ। बुधबार सम्पन्न क्षेत्रीय अधिवेशनको निर्वाचनबाट मकवानपुर क्षेत्र नं १ मा सुशान्त श्रेष्ठ र क्षेत्र नम्बर २ मा रञ्जन कालाखेती सभापति निर्वाचित भएका हुन्।

निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा श्रेष्ठले निवर्तमान हेटौँडा उपमहानगर सभापति उत्सव इटेनीलाई २६ मतले पराजित गरेका हुन्। श्रेष्ठले ४७५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी इटेनीले ४४९ मत प्राप्त गरे। सभापतिका अर्का उम्मेदवार शिवप्रसाद खतिवडा ‘राजु’ले ४३ मत प्राप्त गरेका छन्। निर्वाचनमा २४ मत बदर भएको छ। श्रेष्ठ यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट मकवानपुर–१ (क) प्रदेश सभा क्षेत्रीय सभापतिमा निर्विरोध चयन भएका थिए।

यता मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा रञ्जन कालाखेती ७३९ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी शंकर न्यौपानेले ५२७ मत प्राप्त गरे। कालाखेतीले न्यौपानेलाई २१२ मतले पछि पारेका हुन्। क्षेत्र नम्बर २ मा कुल एक हजार ३१० मत खसेको थियो।

कालाखेती मनहरी गाउँपालिकाका अध्यक्षसमेत हुन्। उनी २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए। कालाखेती यसअघि कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा क्षेत्र ‘ख’ को क्षेत्रीय सभापतिसमेत थिए।

↑