मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १४ बुधबार १६:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा लगातार गिरावट, नेप्से २६ सय विन्दुभन्दा तल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १६:oo:oo

लगातार तेस्रो दिन पनि सेयर बजारमा गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ४.८२ अंकले घटेर दुई हजार ५९८.८९ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २.०२ अंकले ओरालो लागेको छ।

आज ३५२ कम्पनीको एक करोड २६ लाख ५५ हजार कित्ता सेयर चार अर्ब ७६ करोड ५१ लाख रुपैयाँमा खरिद–बिक्री भयो। अघिल्लो दिन चार अर्ब ६५ करोडको सेयर कारोबार भएकोमा बुधबार सामान्य वृद्धि भएको हो।

नेप्सेको समूहगत परिसूचकतर्फ तीन क्षेत्रमा वृद्धि हुँदा १० क्षेत्रमा गिरावट देखिएको छ। व्यापार समूह १.१८ प्रतिशतले बढ्दा म्युचल फन्ड र जलविद्युतको वृद्धिदर एक प्रतिशतभन्दा कम छ। घटेका सबै समूहको गिरावट पनि एक प्रतिशतभन्दा कम छ।

घटेको बजारमा आज सिन्धु विकास बैंकका लगानीकर्ताले १४.३७ प्रतिशत कमाएका छन्। यसैगरी, सयपत्री हाइड्रो, घलेम्दी हाइड्रो र मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य क्रमशः ८, ७ र ५ प्रतिशतभन्दा धेरैले बढेको छ। सर्वाधिक घटेका सानिमा ग्रोथ फन्ड, चिरख्वा हाइड्रो, सोपान फर्मा, याम्बलिङ हाइड्रोलगायतका लगानीकर्ताले तीन प्रतिशतभन्दा बढी रकम गुमाएका छन्।

आज कारोबार रकम र सेयर संख्याका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा छ। उक्त कम्पनीको १४ लाख ८२ हजार कित्ता सेयर ३९ करोड ४८ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भयो।
 

↑