मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १४ बुधबार १७:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली बिल बनाएर भ्रष्टाचार : ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन प्रमुखसहित आठविरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १७:oo:oo

नक्कली बिल बनाएर विद्युत विस्तारको लागि विनियोजित ९ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका तत्कालीन प्रमुखसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा हुम्लाको अदानचुली गाउँपालिका कुकुर फाल्ना छहराखेतदेखि मुगुको सोरू गाउँपालिका– ३ भिईसम्म बत्ती विस्तारको काम गर्दा नौ लाख २६ हजार २३२ रूपैयाँ भुक्तानी गरेर अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी, जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध बुधबार मुद्दा दायर गरेको हो।

खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल, सवइन्जिनियर विश्वराज भण्डारी र लेखापाल रूनबहादुर सेजुवाल तथा सोरू– ३ का तत्कालीन वडाध्यक्ष लालु धामीले मिलेमतोमा नेपाल सरकारलाई हानी पु¥याएको अख्तियारको ठहर छ।

उक्त कार्यमा गल्फागाढ छहराखत भिई जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रदिप बुढा, उपाध्यक्ष भिमचन्द्र बुढा, सचिव धनराज बुमी र कोषाध्यक्ष लक्ष्मी धामीसमेत संलग्न रहेको आरोपपत्रमा उल्लेख छ।

उनीहरुले फिल्डमा भएको कामभन्दा बढी मूल्यांकन गरी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, झुट्टा बिल भुक्तानी, योजना अनुगमन तथा भुक्तानीको लागि सिफारिस लगायतका कार्य गरेको अख्तियारको दाबी छ। उनीहरुसँग जनही नौ लाख २६ हजार २३२ रूपैयाँ बिगो मागदाबी गरेर आरोपपत्र दायर भएको छ।

↑