मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २९ बिहीबार o८:४७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टेबुलटेनिसको ग्लोबल च्याम्पियन्स लिग भदौमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार o८:४७:oo

नेपाली टेबुलटेनिसकै सर्वाधिक पुरस्कार राशिको घरेलु प्रतिस्पर्धाका रूपमा रहेको तेस्रो स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौको पहिलो साता हुने भएको छ । विदेशी खेलाडीलाई अनुबन्ध गरी नेपाली क्लबहरूले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दै आएका छन् ।

अखिल नेपाल टेबुलटेनिस संघको सहयोग र स्ट्याग च्याम्पियन्स टेबुलटेनिस एकेडेमीको आयोजनामा चार राष्ट्रका विदेशी खेलाडी सहभागी हुने लिग १ देखि ६ भदौसम्म हुने एकेडेमीका निर्देशक नविता श्रेष्ठले बताइन् । ‘हामीले ०८० देखि स्ट्याग च्याम्पियन्स टेबुलटेनिस लिग आयोजना गरिरहेका छौँ । यसपटक पनि यसलाई बृहत् रूपमा आयोजना गर्न लागेका छौँ,’ नवौँपटककी नेपाल च्याम्पियन श्रेष्ठले भनिन्, ‘एकेडेमीले नेपाली टेबुलटेनिसमा उत्कृष्ट घरेलु प्रतियोगिताका रूपमा च्याम्पियन्स लिग गर्दै आएको छ ।’ लैनचौरस्थित राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्र हुने लिगमा कुल १० क्लबले भाग लिने उनले बताइन् । 

याला, होप्स एकेडेमी, एभिएम क्लब, द ड्रागन, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, ओल्र्ड हाउस रेस्ट्रो, टप स्पिन गुड्स नेपाल र खोल्छा पुखु खेलकुद समिति गरी १० क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताएकी छिन् । ‘दोस्रो संस्करणमा आठ क्लबले प्रतिस्पर्धा गरेका थिए । यसपटकदेखि प्रतिस्पर्धी संख्या बढाइएको हो,’ उनले भनिन् ।

टेबुलटेनिसको शक्तिराष्ट्र चीनका खेलाडीले सहभागी १० मध्ये कुनै पनि क्लबमा आवद्ध भएर प्रतिस्पर्धा गर्न सक्ने एकेडेमीकी निर्देशक श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।