मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २९ बिहीबार ११:o३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कजारियाको ‘आर्क एन्ड अरा’ आर्किटेक्ट मिट आयोजना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार ११:o३:oo

भारतीय टायल ब्रान्ड कजारियाले वार्षिक आर्किटेक्ट एवं डिजाइनर मिट, ‘आर्क एन्ड अरा’ सोल्टी होटेल, काठमाडौंमा आयोजना गरेको छ । कार्यक्रममा प्रख्यात आर्किटेक्ट, इन्फ्लुएन्सर र उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तिले डिजाइन, नवीनता र नेटवर्किङ साझा गरेका थिए । कजारियाका निर्देशक हिमांश अग्रवालले कम्पनीको  विश्वव्यापी उपलब्धि, नेपालमा निर्माण विस्तार, आर्टिस्ट्री र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धताबारे प्रकाश पारेका थिए ।

त्यस्तै, सहभागीहरूले कजारियाका प्रिमियम टाइल संग्रह अन्वेषण गरे, जुन विभिन्न आकारमा प्रदर्शित गरिएको थियो । कम्पनीका अर्का निर्देशक सञ्जय अग्रवालले नेपालको आर्किटेक्चरल ल्यान्डस्केपलाई नवीन डिजाइन, स्थानीय निर्माण र सहकार्यमूलक साझेदारीद्वारा उच्चस्तरमा पुर्‍याउने कजारियाको लक्ष्य रहेको बताए ।

कम्पनीले नेपालकै सबैभन्दा ठुलो टायल उत्पादन प्लान्ट स्थापना गरी अत्याधुनिक प्रविधिमार्फत चार हजारभन्दा बढी डिजाइन विकल्प ल्याएको छ । नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ सोरुम र सयभन्दा बढी भरपर्दा डिलरहरूको बढ्दो नेटवर्कका साथ, कजारिया प्रिमियम टायल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ ।