मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २९ बिहीबार १२:१o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

माउन्ट एभरेस्टको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार १२:१o:oo

सिद्धार्थ क्यापिटल माउन्ट एभरेस्ट डिस्टिलरीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । बिक्री प्रबन्धक नियुक्त गर्नेबारे दुई पक्षबिच बुधबार सिद्धार्थ क्यापिटलको कार्यालय, नक्सालमा सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्दीप कार्की र माउन्ट एभरेस्टका प्रबन्ध सञ्चालक सतीशकुमार कर्णले हस्ताक्षर गरे । 

माउन्ट एभरेस्टले १२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको छ । विसं ०६५ मा स्थापना भएको माउन्ट एभरेस्टले हाल ब्लेन्डेड मदिरा, अन्नबाट उत्पादित इएनए स्पिरिट, डिस्टिलर्स वेट ग्रेन सोल्युबल उत्पादन गर्दै आइरहेको छ । हाल ७० युपी र ५० युपीअन्तर्गतका आफ्नै ब्रान्ड उत्पादन तथा बिक्री गरिरहेको कम्पनीले छिट्टै प्रिमियम २५, ३० र ४० युपीअन्तर्गतका मदिरा ब्रान्ड बजारमा ल्याउने योजना राखेको छ ।