
आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरूले संसद् बैठक बहिष्कार गरेका छन् । बैठक बहिष्कार गर्नुअघि राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताका आधारमा दिएको राजीनामा सकारात्मक सन्देश भएको बताए । प्रधानले अनियमितता रोक्न न्यायिक समिति गठन नभएसम्म संसद् बहिष्कारलाई निरन्तरता दिने उल्लेख गरे ।
‘नियतवश भएको भए नैतिकताका आधारमा राजीनामा मात्रै दिएर पुग्ने हो कि होइन ? भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न उठेको छ । अनियमित विषयहरू रोक्न न्यायिक छानबिन समिति गठन गर्नुपर्छ,’ उनले भने, ‘हामी सदन बहिष्कार गर्ने प्रक्रियामा छौँ ।’
रास्वपाकी सांसद चन्दा कार्कीले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताइन् ।