मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३१ शनिबार
  • Saturday, 16 August, 2025
दार्चुलाको रिङ्देपानीबाट देखिएको अपि हिमाल
यम बम काठमाडाैं
२o८२ श्रावण ३१ शनिबार १o:२९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

कर्णाली र सुदूरपश्चिमका ९७ हिमाल आरोहण नि:शुल्क

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ३१ शनिबार १o:२९:oo
  • ०८४ सम्मका लागि विदेशीलाई समेत कर्णालीका ७४, सुदूरपश्चिमका २० र दुवै प्रदेशका सीमामा रहेका तीन हिमालको आरोहण नि:शुल्क

सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका ९७ हिमालमा नि:शुल्क आरोहण खुलाएको छ । मन्त्रिपरिषद्को १८ साउनको बैठकले आगामी दुई वर्ष अर्थात् ०८४ सम्मका लागि कर्णालीका ७४, सुदूरपश्चिमका २० र दुवै प्रदेशका सीमामा रहेका तीनवटा गरी ९७ वटा हिमालको आरोहण नि:शुल्क गरेको हो । नि:शुल्क आरोहणका लागि खुला गरिएकामा त्यस क्षेत्रका अपि, सैपाल, काञ्जिरोवा, कान्टी, जेठी बहुरानीलगायत छन् । यी ९७ हिमाल आरोहणका लागि हालसम्म विदेशीले १७५ डलरदेखि पाँच सय डलरसम्म रोयल्टी तिर्नुपर्दथ्यो ।

पर्यटन विभागका निर्देशक हिमाल गौतमले आर्थिक हिसाबले पिछडिएको र हिमाल आरोहण पनि कम भएकाले सुदूरपश्चिम र कर्णालीमा हिमाल आरोहण नि:शुल्क गरिएको बताए । ‘हिमाल आरोहण सोलुखुम्बु क्षेत्रमा केन्द्रित छ । कर्णाली र सुदूरपश्चिममा पनि आरोहणको समानुपातिक वितरण होस् भन्ने मुख्य उद्देश्यले नि:शुल्क गरिएको हो,’ गौतमले भने, ‘मानव विकास सूचकांकमा पछि परेका क्षेत्रमा हिमाल आरोहण नि:शुल्क गर्दा पर्यटकको आकर्षण बढेर त्यहाँका अरू नयाँ गन्तव्यको पनि पहिचान हुने अपेक्षा गरिएको छ ।’ नाटा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले ९७ हिमाल आरोहण नि:शुल्क गर्ने निर्णयले सुदूरपश्चिम र कर्णालीमा तेस्रो मुलुकका पर्यटक भिœयाउन टेवा पुग्ने बताए । ‘सात हजार १३२ मिटर अग्लो अपि हिमाल पर्यटकको उपयुक्त गन्तव्य पनि हो । सरकारले निश्चित उचाइका हिमाल चढेपछि मात्र सगरमाथा चढ्न पाउने भनेको छ,’ उनले भने ।

यी हुन् नि:शुल्क गरिएका हिमाल
अपि, अपि पश्चिम, सैपाल, सैपाल पूर्व, काञ्जिरोवा मुख्य, काञ्जिरोवा उत्तर, कान्टी हिमाल, जेठी बहुरानी चुली, बोबाय चुली, फिन्र्कफ पश्चिम, गुराँस, फिन्र्कफ पूर्व, नाम्पा, लाछामा चुली, यर्वा, धौलागिरि, लाछामा उत्तर, कान्डे हिउँचुली, चाङ्दी, कान्जेरावा, नाम्पा चुली, रक्षा उराई, नाम्पा दोस्रो, चाङ्ला खाङ, चाङ्ला, त्सो कार्पो खाङ, त्रिपुरा हिउँचुली, डोगरी हिमाल, मारियाङ, त्सो कार्पो, कान्टी पूर्व, रोक कापी (काप चुली), मारियाङ पश्चिम, पत्रासी, मायुंग थाङ खाङ, कोजिच्वा चुली, योको पहाड, ल्हासम्मा, स्वक्सा खाङ, सुर्मा सरोवर उत्तर, तक्फु हिमाल, ल्हायुल पिक, ज्याच्छुङ, कासी दल्फा, तिल खाङ, कैपुचोनाम मुख्य, चाङ्दी पूर्व, टांक्या प्रथम, खाङ तोकल, टांक्या दोस्रो, टाक्ला खाङ, कोगी खाङ उत्तर, कान्टी मध्य, न्यालु, असज्य टुप्पा, कोजिच्वा दक्षिण, टांक्या तेस्रो, टांक्या चौथो, यारा चुली, चाङ्ला खाङ पश्चिम, कैपुचोनाम उत्तर पश्चिम, स्यांक्चुरी पिक, लासा, पोता उत्तर, नाम्पा दक्षिण, पाल्चुङ प्रथम, चाँदी हिमाल, तक्फु उत्तर, शेय शिखर, चाङ्वाथाङ, योलुङ्मा खाङ, बिजोरा हिउँचुली, डाँफे शैल, भुलु ल्हासा, कोगी खाङ, कैपुचोनाम पश्चिम, गोरख हिमाल, नोर्बु काङ, नाला कान्कर, ऐच्यिन, गोरख खाङ, असज्य टुप्पा पश्चिम, दुध कुण्डली, लुङ्छुङ, अर्डाङ, पाल्चुङ दोस्रो, खुंग, कार्को, पाल्चुङ तेस्रो, तिन्जे पिक, काग्मारा, खप्ताङ, सिस्ने, काङफु गाटन कान्टा गाटन, चनाबोलो, ज्यानचे र घ्याम्बु पिक ।

दुई वर्षमा यी हिमालमा ६८ जनाले गरे आरोहण
सन् २०२३ र ०२४ मा कर्णाली र सुदूरपश्चिमका विभिन्न हिमाल २१ आरोहण टोलीका ६८ जनाले सफल आरोहण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार उनीहरूबाट १४ लाख आठ हजार १९४ रुपैयाँ रोयल्टी संकलन भएको छ । कर्णालीका नोर्बु काङ, काङ्फु गाटन, कान्टा गाटन, चाङ्वाथाङ, बिजोरा हिमचुली, पत्रासी, स्याङ्च्युरी पिक, चण्डी हिमाल, ताक्फु हिमाल, ताक्फु नर्थ र टक्ला खाङलगायतका हिमालमा आरोहण अनुमति दिइएको थियो । यीमध्ये नोर्बु काङमा तीन टोलीका १३ र चण्डी हिमालमा तीन टोलीका ११ आरोही पुगेका थिए । सुदूरपश्चिममा रक्षा उराई, सुर्मा सरोवर उत्तर, अपि हिमाल, ल्हायुल पिक, गुराँस आदि हिमालमा आरोहण भएको थियो । तीमध्ये रक्षा उराईमा एक टोलीका चार, सुर्मा सरोवर उत्तरमा दुई टोलीका ६ र अपि हिमालमा एक टोलीका ६ आरोही पुगेका थिए ।

पर्यटकको आकर्षण बढाउन आरोहण नि:शुल्क गरिएको हो : हिमाल गौतम, निर्देशक, पर्यटन विभाग
हिमाल आरोहण सोलुखुम्बु क्षेत्रमा केन्द्रित छ । कर्णाली र सुदूरपश्चिममा पनि आरोहणको समानुपतिक वितरण होस् भन्ने मुख्य उद्देश्यले निशुल्क गरिएको हो । मानव विकास सूचकांकमा पछि परेका क्षेत्रमा हिमाल आरोहण निशुल्क गर्दा पर्यटकको आकर्षण बढेर त्यहाँका अरु नयाँ गन्तव्यको पनि पहिचान हुने अपेक्षा गरिएको छ ।