
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भगवान श्रीकृष्णबाट सत्य, प्रेम र सद्भावनाको प्रेरणा लिनुपर्ने बताएका छन्। श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुभकामना दिदै उनले महाभारतको युद्धको मैदानमा अर्जुनलाई गीतामार्फत सत्य, धर्म, ज्ञान र कर्मयोगको उपदेश गर्ने भगवान श्रीकृष्णको शिक्षाले सबैलाई प्रेरित गर्ने उल्लेख गरेका छन्।
उनले प्रेम, भक्ति र समर्पणको पर्यायका रुपमा मानिने भगवान श्रीकृष्णको जन्मदिनको अवसरमा सबैमा मंगलमय शुभकामना व्यक्त गरेका छन् । सन्देशमा उनले श्रीकृष्ण जन्माष्टमी पर्वले समाजमा सत्य, प्रेम र सद्भावना बढाउँदै धार्मिक सहिष्णुता र एकतामा जोड पुर्याओस् भन्ने कामना समेत गरेका छन् ।