मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २९ बिहीबार ११:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेल–आइकमसहितको सहकार्यमा ‘संग्रहालय’ विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार ११:४२:oo

एनसेल फाउन्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार संग्रहालयको साझेदारीमा अनुसन्धानमूलक जर्नल ‘संग्रहालय’ विमोचन गरिएको छ । संग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अभ्यास र इतिहासका विभिन्न पक्ष समेटिएको जर्नल ‘संग्रहालय’ मंगलबार विमोचन गरिएको हो ।

एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नलको विमोचन गरे । मन्त्री पाण्डेले नेपालको संग्रहालयका विभिन्न आयाम उल्लेख गरी भएको जर्नल प्रकाशन उत्कृष्ट प्रयास भएको उल्लेख गर्दै जर्नल प्रकाशनमा एनसेल फाउन्डेसनको सहयोगले संस्कृतिको संरक्षण र प्रवद्र्धनमा निजी क्षेत्रको सहभागिताको प्रशंसा गरे ।

मन्त्री पाण्डेले हाल संग्रहालयहरूको दर्ता, मापदण्ड तथा व्यवस्थापनका सम्बन्धमा सरकारले नीतिगत तहमा काम गरिरहेको जानकारी दिए । त्यस्तै, एनसेलकी कर्पोरट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले कला र संस्कृति हाम्रा पहिचान भएको र यसको संरक्षण गर्नु सबैको कर्तव्य रहेको बताइन् ।

‘संस्कृति र सम्पदाको प्रवद्र्धन गर्न आइकम नेपालसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारीअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम गर्न पाएकामा हामी खुसी छौँ,’ खड्काले भनिन् । नेपाली कला र सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा संवद्र्धन एनसेल फाउन्डेसनको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले सांस्कृतिक प्रवद्र्धन, सामुदायिक छलफल र शिक्षाका लागि नेपालका संग्रहालयले भूमिका खेलेको उल्लेख गर्दै संग्रहालय संस्कृतिको थप विकास गर्नुपर्ने आवश्यकता औँल्याए । इन्टरनेसनल काउन्सिल फर म्युजियम (आइकम) नेपालका अध्यक्ष रमेशप्रसाद दवाडीले आइकमले नेपालमा संग्रहालयको दायरा फराकिलो पार्दै संस्कृति संरक्षणमा काम गर्ने बताए ।