
प्रधानमन्त्री केपी ओली चीनको तिआन्जिन सहरमा हुने सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन जाने भएका छन् । ओलीलाई चीनको निमन्त्रणा बुधबार प्राप्त भएको हो ।
प्रधानमन्त्री ओली जाने पहिले नै पक्का भएको, तर औपचारिकताका लागि बुधबार मात्र पत्र प्राप्त भएको र उनी सानो प्रतिनिधिमण्डल लिएर चीन जान लागेको परराष्ट्र मन्त्रालय स्राेतले जनाएको छ ।
एससिओ सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुनेछन्। ओली चार दिनपछि स्वदेश फर्कनेछन्। शिखर सम्मेलनको सिलसिलामा उनले राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।