मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २९ बिहीबार १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार

नागढुंगा सुरुङमार्गको दस्तुर तोकियो, ६० देखि ६ सय रुपैयाँसम्म 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार १२:४८:oo

सरकारले निर्माणाधीन नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दस्तुर तोकेको हो। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार काठमाडौं भित्रिँदा र बाहिरिँदाको फरक–फरक दस्तुर राखिएको छ। 
 
कार र भ्यान काठमाडौं आउँदा ६५ तथा जाँदा ६० रुपैयाँ तोकिएको छ। 

मिनीबस र मिनीट्रकका लागि काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ दस्तुर कायम गरिएको छ। ठुला बस र ट्रकको हकमा आउँदा २६० र जाँदा २०० रुपैयाँ राखिएको छ। भारी उपकरणको हकमा आउँदा ६ सय र जाँदा २५० रुपैयाँ राखिएको छ। 

सुरुङमार्गमा दुईपांग्रे सवारी चलाउन पाइनेछैन । यही वर्षदेखि सुरुङमार्ग प्रयोगमा ल्याउने सरकारको लक्ष्य छ। 

नागढुंगा सुरुङमार्गको दस्तुर तोक्नेलगायत मन्त्रिपरिषद् बैठकका १८ निर्णय-