
सुनको मूल्य निरन्तर बढ्दो
गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मोल भने स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार पाँच सय कायम भएको छ भने एक तोला चाँदीको मूल्य दुई हजार १६५ मा कारोबार भइरहेको छ ।
गत जेठ २७ एक तोला सुनको मूल्य एक लाख ९० हजार तथा सोही परिमाणको चाँदीको मूल्य दुई हजार १६५ मा कारोबार भएको थियो । जेठ २८ गते एक लाख ९१ हजार तीन सय, जेठ २९ गते एक लाख ९२ हजार नाै सय तथा जेठ ३० र ३१ गते प्रतितोला सुन एक लाख ९७ हजार एक सय रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।