१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Thursday, 12 June, 2025
सौरभ यादव राजविराज
२o८२ जेठ २७ मंगलबार १७:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सात घण्टापछि निस्किइन् कार्यालयमा थुनिएकी कार्यवाहक मेयर

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १७:२९:oo

कार्यालयमै थुनिएका राजविराज नगरपालिकाकी‌ कार्यवाहक नगरप्रमुख इसरत परबिनसहितका जनप्रतिनिधि सात घण्टापछि बाहिर निस्केका छन्। डिएसपी माधव काफ्लेको कमान्डमा सुरक्षा घेराबिच प्रहरीको गाडीमा परबिनसहितका जनप्रतिनिधिहरूलाई बाहिर निकालिएको हो।

बाहिर आन्दोलनमा रहेकाहरूले हमला गर्न सक्ने भएपछि उनलाई सुरक्षा घेरामा निकालिएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए। बाहिर निलम्बित नगरप्रमुख भीमराज यादव नेतृत्वको समर्थक आन्दोलनमा छन्।

कार्यवाहक नगरप्रमुखले आर्थिक वर्षको अन्त्यमा उपसचिवको दरबन्दी रहेको नगरपालिकामा शिक्षा शाखा अधिकृतलाई निमित्त हाकिम बनाएर ल्याएको भन्दै उनीहरूले आन्दोलन गरेका हुन्।

संघीय मामिला मन्त्रालयबाट उपसचिवस्तरका डा. श्रवणकुमार साहको सरुवा गरी कार्यवाहक नगरप्रमुख इसरत परबिनको मिलेमतोमा शिक्षा शाखा अधिकृत भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन लागेको उनीहरूको आरोप छ। आन्दोलनकारीले राजविराज नगरपालिकामा तोडफोडसमेत गरेका छन्।

यादव नेतृत्वको टोली तीन दिनदेखि नगरपालिकामा तालाबन्दी गरेर आन्दोलनमा छ‌। ताला फोडेर भोगेन्द्र यादवलाई कार्यवाहक नगरप्रमुखले पदभार ग्रहण गराउन खोज्दा आन्दोलन चर्किएको हो।