१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
समाचार

मन्त्रिपरिषद्कै निर्णयका आधारमा रिजाल टासी कम्पनीको हदबन्दीको ५९ बिघा जग्गा बिक्री 

Read Time : < 1 मिनेट
नवराज मैनाली, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार १९:४४:oo

सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज)को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषद्बाटै निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरिएको खुलेको छ। सो कम्पनीको नाममा सुनसरी र मोरङमा रहेको जग्गा बिक्री गर्न मन्त्रिपरिषद्ले नै सहमति दिएको थियो। 

यस्तै प्रकृतिको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा प्रकरणमा बिहीबार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाल टासी कम्पनीको जग्गा बिक्रीमा पनि विस्तृत छानबिन गरिरहेको छ। 

इटहरीबाट विराटनगर जाने मूल सडकसँग जोडिएको जग्गा बिक्री गर्न दिएर दुर्गम स्थानमा जग्गा सट्टापट्टा गर्न ०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले अनुमति दिएको थियो। ५९ बिघा नौ कट्ठा जग्गा त्यसरी सट्टापट्टा गर्न दिइएको थियो। जसमा मन्त्रिपरिषद्को सामाजिक समिति जिम्मेवार देखिएको अख्तियार स्रोत बताउँछ। आयोगले यस प्रकरणमा कम्पनीका सञ्चालक तथा मालपोतका कर्मचारीको बयान लिइसकेको छ। फलफूलसम्बन्धी उद्योग सञ्चालनका लागि भनेर सो कम्पनीले हदबन्दीभन्दा बढी जग्गा राखेकोमा जग्गाको मूल्य बढेपछि बिक्री गरिएको थियो। सो उद्योग भने अहिले पनि इटहरीमा सञ्चालनमै छ।