१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Sunday, 15 June, 2025
२o८२ जेठ ३१ शनिबार १७:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादीको क्रेज देखेर हामीमाथि षड्यन्त्र भयो : अध्यक्ष प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार १७:३६:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि एक महिनाभित्र सरकारले एक महिनाभित्र समिति बनाएर छानविन गर्ने प्रतिबद्धता जनाएका कारण संसदको अवरोध हटाएको बताएका छन् । 

शनिबार झापाको कमल गाउँपालिकामा माओवादीनिकट पाँचवटा जातीय मोर्चाको अधिवेशनलाई सम्बोधन गर्दै एक महिनाभित्र पनि छानविन नभए फेरि आन्दोलन गरिने बताएका हुन् । उनले सरकार छानविन गर्न तयार भएपछि संसदमा धेरै काम भएका कारण अवरोध हटाएको दाबी गरे । 

शुक्रबार सत्तापक्ष र माओवादीबिच दुई बुँदे सहमति भएपछि माओवादीको आलोचना भइरहेको छ । यद्यपि उनले सदनमा जनताका मुद्दामा बहस गर्न संसदको अवरोध हटाएको बताए । ‘संसद अधिवेशन अवरुद्ध थियो । सरकार एक महिनाभित्र समिति बनाएर छानविनमा जान तयार भएपछि हामीले अधिवेशन गरेर बहस गर्न जरुरी छ भनेर सहमति गरेका हौँ । किनकि जनता मुद्दा सदनभित्र छ । निजामती विधेयक, शिक्षा विधेयक, नागरिकता विधेयक सदनमा छ । मैले प्रधानमन्त्री हुँदा धेरै मिहिनेत गरेर ल्याएका विधेयक हुन् ।

देशभरका शिक्षक हेरेर बसेका छन् । कांग्रेस एमालेप्रति शिक्षकहरूलाई विश्वास छैन,’ उनले भने,‘ शिक्षा ऐनको जिम्मा माओवादीले लिनुपर्छ भन्नेछ । सदनमा माओवादीका कारण विधेयक पुगेको हो । त्यही भएर छलफल गरेर टुंग्याउने जिम्मेवारी पनि माओवादीको छ । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी पनि छ । त्यही कारण माओवादीले अनन्तः कालसम्म सदन अवरुद्ध गर्नु भनेको राम्रो हुँदैन । सदन अवरुद्ध गर्नु ऐन पास हुन नदिनु होे । तसर्थ हामीले सहमति गरेका हौँ ।’

अध्यक्ष प्रचण्डले सरकारलाई एक हदसम्म छानविन गर्न बाध्य पारेर राष्ट्र र जनताको वृहत्त हितका लागि सदन खोल्ने सहमति गरेको बताए । ‘तर, एकथरी मान्छेहरू  खत्तम भयो, जहाजै डुब्यो, आकाशै खस्यो, धर्ती नै भासियोजस्तो गरेका छन् । यो बिलकुल वाइयाद कुरा हो । हामी एउटा जिम्मेवार पार्टी मात्र हैन संघीय लोकतान्त्रिक गण्तन्त्रको स्वामत्वि र अपनत्व लिने पार्टी पनि हो,’ प्रचण्डले भने, ‘हामीले थुप्रै ऐनको पहल गरेका छौँ  । त्यो पास गर्नुपर्छ । हामी त्यसको ठेक्का र जिम्मा कांग्रेस एमालेलाई छाड्न सक्दैनौँ । हामी बहस गर्न चहान्छौँ । हामीले जे गरेका छौँ विवेक पु¥याएर गरेका छौँ । आन्दोलन त एक महिनापछि सरकारले समिति बनाएन भने त्यही टेकेर गर्न सकिन्छ । हामीले अरूले भनेको जस्तो छोडे भनेजस्तो हैन ।’

उनले निरंकुश राजावादी राजेन्द्र लिङ्देनले  माओवादील आत्मसमर्पण ग¥यो भन्नु रहस्यमय भएको बताए । प्रचण्डले पछिल्लो समय माओवादीको क्रेज देशभर बढेकाले षडयन्त्र भएको बताए । ‘अहिले माओवादी सत्तामा जाने भयो भन्ने कुरा गरे । त्यो कुरै भएको छैन । त्यो निकै षडयन्त्रपूर्वक भनिएको छ । अहिले देशभर जनतामा माओवादी र प्रचण्डको क्रेज बढ्दै गएकोे देखेर अरूलाई छटपट भएको छ,’ प्रचण्डले भने,‘ यो छटपटी राजावादीलाई पनि भएको छ । यथास्थितिवादीलाई पनि भएको छ । देशी र विदेशीलाई पनि भएको छ । माओवादीलाई बदनाम गर्ने नियोजित षडयन्त्र भएको छ । हामी एउटा अभियानमा अघि बढेका छौँ । त्यहाँबाट पछि हट्ने छैनौँ ।’ उनले दुई बुँदे सहमतिपछि भएको चर्चामा कार्यकर्तालाई तरंगित नहुन आग्रह गरे ।