१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Thursday, 01 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १८ बिहीबार १o:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सानिमा रिलायन्स लगातार दोस्रोपटक ‘सी स्ट्राइक्स’ च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार १o:१o:oo

सानिमा रिलायन्स लाइफले तेस्रो संस्करणको ‘सी स्ट्राइक्स–कर्पोरेट महिला क्रिकेट’ प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गर्दै उपाधि जितेको हो । 

पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित पाँच ओभरमा चार विकेट गुमाउँदै ६० रनको योगफल बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै पाँच ओभरमा एक विकेटको क्षतिमा जम्मा ३२ रन जोड्न सक्यो ।

सानिमा रिलायन्सलाई लगातार दोस्रोपटक कर्पोरेट महिला क्रिकेटको उपाधि जिताउन कप्तान स्वस्तिका कार्कीको योगदान महत्वपूर्ण रह्यो । सूर्य नेपालविरुद्धको फाइनल खेलमा प्लेयर अफ दी म्याच घोषित कार्कीले प्लेयर अफ दी टुर्नामेन्ट अवार्ड पनि प्राप्त गरिन् । 

सनसनीपूर्ण प्रदर्शन गरेकी कार्कीले प्रतियोगिताभर कुल तीनपटक प्लेयर अफ दी म्याच अवार्ड प्राप्त गरेकी छिन् । यस्तै, सानिमा रिलायन्सकी रक्षा रानाले पनि एक खेलमा प्लेयर अफ दी म्याच पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ ।

प्रतियोगिताभरि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि सानिमा रिलायन्सकै कप्तान स्वस्तिका कार्की बनिन् । एन इभेन्ट्सको आयोजना रहेको प्रतियोगिता १२ देखि १३ वैशाखसम्म चलेको थियो । प्रतियोगितामा कुल नौ टिम सहभागी थिए ।