मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 12 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:१२:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरले सञ्चालनमा : ल्यायो घुम्ती खाद्य प्रयोगशाला होटेल, क्यान्टिन र क्याफेको अनुगमन सुरु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:१२:oo

काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।  उपमेयर सुनिता डंगोलले थापाथलीस्थित प्रसुतिगृह र नर्भिक अस्पतालका क्यान्टिनका खाद्य वस्तुका नमुना संकलन तथा परीक्षण सुरु गरेर घुम्ती खाद्य प्रयोगशालाको शुभारम्भ गरेकी हुन् । उपमेयर डंगोलले, खाद्य स्वच्छताबाट उपभोक्ता अधिकार सुरक्षित गराउन घुम्ती प्रयोगशालाबाट तथ्यमा आधारित विवरण प्राप्त हुने बताइन् । 

महानगरपालिकाका फुड टेक्नोलोजिस्ट भारती अधिकारी भन्छिन्–सुनील क्यान्टिन र मनकामना क्यान्टिनबाट लिइएको मःमसँग खाने अचारको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाएका छौँ 

बिहीबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको चमेनागृह (सुनील क्यान्टिन), स्टाफ क्यान्टिन (मनकामना माई क्यान्टिन), अस्पतालको निःशुल्क खाजा, सुप तथा अन्य बिरामीका लागि तयार गर्ने भान्छा र नर्भिक अस्पतालको क्याफे केयरको अनुगमन गरिएको छ । अनुगमनका क्रममा सुनील क्यान्टिन र मनकामना क्यान्टिनबाट दुध, पानी र खानेतेलको स्थलगत नमुना संकलन र परीक्षण गरिएकामा  खाद्यवस्तुको गुणस्तर मापदण्डअनुसारको पाइएको महानगरले जनाएको छ । तर, क्यान्टिनबाट लिइएको मःमसँग खाने अचारको नमुना भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । नर्भिक अस्पतालको क्याफे केयरबाट नमुना लिइएको क्रिम डुनटको नमुना पनि रिफरेन्स प्रयोगशालामा पठाइएको छ । 

महानगरपालिकाका फुड टेक्नोलोजिस्ट भारती अधिकारीका अनुसार स्त्रीरोग अस्पतालको चमेनागृहमा मासु तथा मासुजन्य पदार्थ र तरकारी सागसब्जीसँगै राखिएको पाइएको थियो । ग्यास चुलो, रेफ्रिजरेटर फोहोर थिए । ‘सरसफाइमा कमजोर थियो । लेबल नभएको खाद्य सामग्रीको प्रयोग भेटियो । सिन्थेटिक रङको अनुचित प्रयोग भेटियो । भान्छामा साङ्ला र झिँगा भेटियो । भान्छाको भुइँको टाइल फुटेको र फोहोर थियो । खानेकुरा र कपडा एउटै कक्षबाट बेच्ने गरेको 
पाइयो,’ उनले भनिन्, ‘कमजोरी सुधार गर्न सुझाव दिएका छौँ ।’ 

छुटाउनुभयो की ?