
नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा पुगेको छ। हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा आज भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो।
आज टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो। हङकङले ९ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो। वर्षा नरोकिएपछि दुवै टोलीले समान अंक एक-एक पाएका हुन्।