१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
२o८२ बैशाख ४ बिहीबार २३:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

यातायात मन्त्री नै ३ घण्टा फसे दाउन्नेको जाममा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार २३:o४:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल बिहीबार साँझ करिब ३ घण्टा दाउन्ने सडक खण्डको जाममा फसेका छन्। 

बुटवलबाट नारायणगढ आउने क्रममा उनी ३ घण्टा बढी जाममा परेका हुन् । बुटवल नारायणगढ सडक खण्डको स्थलगत निरीक्षणका लागि आएका उनी ३ घण्टा बढी जाममा फसेका हुन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यातायात मन्त्री देवेन्द्र दाहाल २÷३ घण्टा जाममा परेको बताए । प्रहरी उपरीक्षक  उनले भने ‘बाटो धान रोप्ने जस्तो भएको छ । पानी परेपछि गाडी चिल्पेर हैरान छ । त्यही कारण जाम हुने गरेको छ ।’ प्रहरीले सर्वसाधरणलाई वैकल्पिक बाटो प्रयोग गर्न सबैलाई सूचना जारी गरेका छौं । एसपी ढकालका अनुसार पानी पर्नासाथ दैनिक १ सय भन्दा बढी सुरक्षाकर्मी दाउन्नेमा परिचालन गर्नु पर्ने अवस्था छ । 
 
विस्तारका क्रममा रहेको उक्त सडक खण्डको निरीक्षण क्रममा दाहाल सहित टोलीले दाउन्ने क्षेत्रमा जारी निर्माण कार्यबारे समेत जानकारी लिएका छन्। 
निरीक्षणपछि सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीसँग छलफलमा बसी सडक विस्तार भन्दा पनि सडक मर्मत गरी तुरुन्त सवारी पास हुने गरी दाउन्ने सडक खण्ड निर्माण गर्न निर्देशन दिएका छन् । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ खण्डमा पर्ने दाउन्ने क्षेत्रको जटिल भूधरातलका कारण सवारीसाधन केही समय बन्द गराएर विस्तारको काम भइरहेको छ ।
जसअन्तरगत बैशाख १ गतेबाट बैशाख १५ गतेसम्मका लागि राति ११ बजेदेखि विहान ५ बजेसम्म दैनिक ६ घण्टा सडकमा यातायात आवागमन बन्द गरेर सडक विस्तारको काम गरिएको छ । प्रहरी उपरीक्षक ढकाल भन्छन् – ‘मन्त्रीज्यूले निर्माण कम्पनीलाई तत्काल यातायात सहज ढंगले सञ्चालन हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । अब यातायात सहज होला भन्ने अपेक्षा गरौं ।’ 

मन्त्री दाहालले झरी पर्न सुरु हुन लागेकाले त्यसतर्फ ध्यान दिँदै वर्षायाम अघि नै निर्माण कार्य सकेर सवारी आवागमन सहज बनाउन निर्देशन दिएका हुन् । 

आयोजना निर्देशक चुडाराज ढकालले उक्त स्थानमा धरातलीय विशिष्टता र जटिलताका कारण कालोपत्र भन्दा ढलान प्रविधि उपयुक्त हुने भन्दै दाउन्ने खण्डमा जतिसक्दो छिटो सडक ढलान गरी सवारी आवागमन सहज बनाउने प्रयास भइरहेको बताए ।

अहिले दाउन्ने सडक हिलाम्य हुँदा यातायात अवरुद्ध भएको छ । दाउन्ने सडक खण्डमा मोटरसाइकल समेत चल्न नसक्ने गरी बाटो हिलाम्य भएको छ । आज दिउँसो ३ बजेतिर करिब १ घण्टा परेको पानीले बाटो हिलाम्य भएको हो । 

दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध हुँदै आएको छ । दाउन्ने पश्चिम खण्डमा साह्रै समस्या नभएपनि पूर्वखण्डको झण्डै ६ किलोमिटर सडक पानी पर्दा पूरै हिलाम्य हुने र घाम लाग्दा धुलाम्य हुने अवस्था रहेको छ ।